२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘मेरो किसान’ को आईपीओ निष्कासन गर्न प्रभु क्यापिटलसँग सम्झौता

मंगलवार , चैत्र ३, २०८२

कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोग गरी सेवा विस्तार गर्दै आएको मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गर्दै सम्झौता गरेको छ।

सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार प्रभु क्यापिटलले मेरो किसानको शेयर सर्वसाधारणमा बिक्री गर्ने व्यवस्थापन गर्नेछ।

सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्नेतको उपस्थिति रहेको थियो।

त्यस्तै, प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्टीकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानालगायतको सहभागिता रहेको थियो।

कृषि उत्पादनलाई प्रविधिमार्फत व्यवस्थित रूपमा उत्पादनदेखि उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले स्थापना भएको मेरो किसान लिमिटेडले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै विभिन्न कृषि गतिविधि सञ्चालन गरिरहेको छ।

कम्पनीले किसानहरूसँग सहकार्य गरी कृषि बिउबिजन उत्पादन, कृषि उपज संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने काम गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार कृषि उत्पादनको सम्पूर्ण आपूर्ति श्रृङ्खलालाई प्रविधिमैत्री बनाउँदै कृषि क्षेत्रमा आधुनिक प्रणाली लागू गर्ने दीर्घकालीन योजना रहेको छ। कम्पनीमा कृषि, व्यवस्थापन, प्रविधि तथा व्यवसायिक क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न विशिष्टीकृत व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ।

सम्झौता कार्यक्रममा दुवै पक्षले पूँजी बजारमार्फत कम्पनीलाई सर्वसाधारणसँग जोड्दा कृषि क्षेत्रमा थप लगानी भित्र्याउन र व्यवसाय विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

कृषि प्रधान देशका रूपमा चिनिने नेपालमा आधुनिक कृषि प्रणाली र कृषि उद्यमलाई विस्तार गर्न पूँजी बजारको सहयोग महत्वपूर्ण हुने उनीहरूको धारणा छ।

कम्पनीले चितवन जिल्लाको पटिहानी क्षेत्रमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने योजना अघि बढाएको छ। यसका लागि करिब ३।५ बिघा जग्गा खरिद गरी आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य कम्पनीले राखेको छ।

कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रमा प्रविधि र लगानीको संयोजनमार्फत नेपाली कृषि प्रणालीलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने सम्भावना रहेको उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ