२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्रीले दिइन् नेकपालाई धन्यवाद

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबैको सहयोगबाट मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताएकी छन् ।

बुधबार बालुवाटारमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलहरुको सहभागीता र सहयोगका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताएकी हुन् । उनले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएकी थिइन् ।

सो क्रममा नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने खतरा भएपनि तोकिएको समयमा नै निर्वाचन गर्न सरकारले गरेको काम निकै महत्वपूर्ण र प्रशंसालायक रहेको उल्लेख गरे ।

त्यस्तै नेकपा सहसंयोजक माधव कुमार नेपालले अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्रीको छवि, इमान र दृढताका कारण निर्वाचन सम्पन्न भएको बताए ।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट