काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले अनअपेक्षा अनुसार काम गर्न आफुहरुले ध्यान केन्द्रीत गर्ने जनाएका छन् ।
ललितपुरमा पार्टीले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आफुहरुलाई जनताले विश्वास गरि सदनमा पठाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न ध्यान केन्द्रीत गर्ने जनाएका हुन् ।
रास्वपाका नवनिर्वाचित सांसद गणेश पराजुलीले सुशासन कायम गर्ने, कानून बनाउने र जनअपेक्षा अनुसार काम गर्न सांसदहरुलाई अभिमूखीकरण गरिएको बताए । रास्वापाका सांसदहरुले पुर्ण जिम्मेवार भएर जनादेश अनुसार आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद हरि ढकालले बिगतको अनुभवबाट सिक्दै मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अघि बढाउन भूमिका खेल्ने बताए । उनले सुशासनको मुख्य एजेण्डाका लागि काम गर्न स्पष्ट संख्या पुगेकाले आफुहरु उत्साहित भएर काम गर्ने धारणा राख्नुभयो । आगामी पाँच बर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहान सफा गर्ने उनको भनाइ छ ।
त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद भूमिका श्रेष्ठले सवै समूदायको हक अधिकार स्थापीत गर्नका लागि आफुले आवश्यक भूमिका निर्वाह गर्ने जनाइन् ।
प्रतिनिधिसभा सदस्यको सपथ अघि रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस