काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन् ।
सभापति थापाले फागुन २१ को निर्वाचनमा भएको पराजयको जिम्मा लिँदै बुधबार उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका थिए ।
उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक, तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो, बैठकमा प्रारम्भीक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन । जय नेपाल ।’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस