काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सुरू भएको छ ।
बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेरअघि सुरु भएको हो ।
सभापतिबाट राजीनामा दिएका गगन थापा भने बैठकमा सहभागी छैनन् । उनले चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार पदबाट राजीनामा दिएका थिए ।
आजको केन्द्रीय समितिमा दुई एजेन्डामाथि छलफल हुनेछ । बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गर्ने बैठकको एजेन्डा छ ।
प्रतिक्रिया दिनुहोस