२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पार्टीको आन्तरिक कारणले निर्वाचनमा पराजित भएको कांग्रेसको प्रारम्भीक निष्कर्ष

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भीक निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताए ।

त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भएरहेको उनले बताए । त्यस्तै उनले कतिपय क्षेत्रहरूमा संगठनात्मक कमजोरी मात्रै नभइ पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभाष बैठकले गरेको उल्लेख गरे । पार्टीको क्रियाशिल सदस्यको संख्या बढ्दै जादा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

उनले निर्वाचन परिणामका बिषयमा पार्टीमा प्रस्तुत भएका प्रतिवेदनका साथै जिल्लाबाट आएका रिपोर्टहरुलाई समेत एकै ठाँउ राखेर सुक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने जानकारी दिए ।

उनले आगामी दिनमा कांग्रेस आफूलाई नवजीवन दिने र पार्टीलाई पुनः सुदृढ गर्दै अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट