२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सभापति गगन थापाको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिबाट अस्वीकार

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ ।

आइतबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । फागुन २१ मा सम्पन्न निर्वाचनमा परिणामलाई लिएर नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट