काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले पार्टीको विधान अनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको बताए ।
उनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति शर्मासमक्ष आफ्नो राजीनामा पेश गरेको बताए । उनले यो कुनै दबाब र ग्लानीको विषय नभई जवाफदेहीतालाई ध्यानमा राखेर राजीनामा दिएको बताए ।
उनले आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको बताए ।
प्रतिक्रिया दिनुहोस