काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो ।
यस्तो छ कार्यतालिका :
१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने ।
२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने ।
३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने ।
४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते ।
५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते ।
६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते ।
७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते ।
८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते ।
९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते ।
१०. केन्द्रीय महाधिवेशन- भदौ २४ देखि २६ गतेसम्म ।
प्रतिक्रिया दिनुहोस