२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुशीला कार्कीले छाडिन् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी छाडेकी छन् ।

शुक्रबार रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी गरेपछि प्रधानमन्त्री कार्कीले राजकीय जिम्मेवारी छाडेकी हुन् ।

उनी अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदा भएकी हुन् । कार्यालयमा रहेका उनका सामानहरु पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।

त्यस्तै, बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ ।

प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर बिदा हुन लागेकी हुन् ।

उनले ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट