काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले जेन–जी आन्दोलनबारे गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनले भदौ २४ गतेको विध्वंसात्मक घटनालाई लुकाउन खोजेको उनको आरोप छ।
बिहीबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिहरू कठघरामा उभिन तयार भए पनि सत्य एकतर्फी हुन नसक्ने जिकिर गरे। घटनाहरूमा स्वतन्त्र कारण रहे पनि देखा परिसक्दा ती एक्ला हुँदैनन्। कारण, परिणाम र प्रभाव मात्र होइन, अर्को पक्ष पनि सँगै भएकै हुन्छ, उनले लेखेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो, जसले हालै मात्र आफ्नो प्रतिवेदन बुझाएको छ।
प्रतिक्रिया दिनुहोस