काठमाडौं । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चैत १९ गते बिहीबार अपरान्ह २ बजे दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएपछि पहिलो पटक प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न सिफारिस भएको हो ।
प्रतिक्रिया दिनुहोस