२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि र महन्थबीच भेटवार्ताः मधेसको विकास र सहकार्यमा जोड

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। भेटका क्रममा वर्तमान राजनीतिक परिस्थिति, मधेसको विकास र राज्यले प्राथमिकता दिनुपर्ने जनसरोकारका योजनाहरूबारे गहन छलफल भएको जनाइएको छ।

भेटमा दुवै नेताले पछिल्लो जनादेशअनुसार मुलुकको समग्र समृद्धिका लागि आपसी सहकार्य गर्दै अघि बढ्ने विषयमा ऐक्यबद्धता जनाएका छन्। विशेष गरी मधेस प्रदेशका विद्यमान समस्याहरूको समाधान र विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन साझा धारणा बनाएर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत देखिएका छन् ।

रास्वपाले मधेस केन्द्रित संगठन विस्तार गरिरहेका बेला पुराना र अनुभवी राजनीतिज्ञ ठाकुरसँगको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताले आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने र जनपक्षीय मुद्दाहरूमा संसद्मा समेत सहकार्य गर्ने प्रारम्भिक सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट