काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।
कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु हालैसम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षाका साथै पार्टीको महाधिवेशन कार्यतालिका र आगामी रणनीतिका बारेमा योजना बनाउन छलफल जुटेका हुन् ।
कांग्रेसका नेता बद्री पाण्डेले पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको समिक्षा र पार्टीको आन्तरिक बिषयमा छलफल गर्न आफुहरु अनौपचारिक छलफलमा जुटेको बताए ।
पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि प्रक्रिया अवलम्वन नगरिएको टिप्पणी आएको अवस्थामा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा पनि समीक्षा हुने उनले बताए । नेता पाण्डेले पार्टीमा एकताको वातावरण, मेलमिलापको वातावरण र पार्टीलाई सुदृढ बनाउने वातावरण बनाउने भन्ने दिशामा पनि अनौपचारिक भेलाले आवश्यक निष्कर्ष निकाल्ने जानकारी दिए ।
उनले अहिले रास्वपा बहुमतका साथ सरकार र संसदमा रहेकाले देशलाई सही गति र गन्त्व्य दिन सवैसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेता पाण्डेले आफुहरुको छलफलले पार्टीलाई बिभाजनको बाटोमा नभइ एकताको बाटोमा लिएर जाने कुरामा योगदान नै पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस