२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

मंगलवार , चैत्र १७, २०८२

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यसका निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताए ।

खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अच्युतम लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्थालगायत परिषद्का गतिविधिबारे जानकारी गराए ।

त्यसअघि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्रको निरीक्षण गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट