२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पूर्वमन्त्री खड्का र प्रदेश सांसद शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो । खड्काको हकमा उनकी श्रीमती बिनिता खड्काले र शर्माको हकमा चिन्तामणि शर्माले रिट निवेदन दर्ता गरेका थिए ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि दीपक खड्का आइतबार पक्राउ परेका थिए । यस्तै, रेखा शर्मा माथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिका विरुद्धको कसुर गरेको आरोप लागेको छ ।

केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिका ले उद्धार गरेको थियो । सो घटनापछि तत्कालीन मेयर बालेन्द्र शाह ले सामाजिक सञ्जालमार्फत पीडित बालिकाको पक्षमा प्रतिक्रिया जनाएका थिए ।

उक्त दुवै मुद्दामा आजको सुनुवाइले आगामी कानुनी प्रक्रियाको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट