२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मन्त्री गौतमद्वारा चितवनको पवित्र विक्रम बाबा पूजास्थलमा पूजाआराधना

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र कसरास्थित पवित्र विक्रम बाबा पूजास्थलमा पूजाआराधना गरेकी छन् । मन्त्री गौतमले बुधबार पूजाआराधना गरेकी हुन् ।

चैतेदसैँको अवसरमा आयोजना हुने विक्रमबाबा पूजा परापूर्वकालदेखि थारू समुदायमा प्रचलित यो धार्मिक परम्परा आज सबै समुदायको साझा आस्थाको केन्द्र बनेको छ ।

मन्त्री गौतमले विक्रमबाबा मेलामा सहभागी भई सालको रूखको फेदमा पूजा–अर्चना गरिन् । प्रकृति–पूजासँग जोडिएको यस परम्पराले वन, नदी तथा प्राकृतिक स्रोतप्रति संरक्षणको भावना अभिवृद्धि गर्ने विश्वास मन्त्री गौतमले व्यक्त गरिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट