२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बादललाई दलको नेता बनाएपछि योगेशले भने - ‘सांसदहरूलाई दबाबमा राखेर जे गरियो राम्रो भएन’

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाएकोप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध दलको नेता चयन गरेपछि उनले सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि जनाएका हुन् ।

उनले निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको बेला संसदीय दलको नेता छान्न अपनाइएको तरिका र शैलीबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको बताएका छन् ।

उनले भनेका छन्ः

‘निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएकोछ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’

बुधबार एमालेले संसदीय दलको नेताको निर्वाचनमा बादललाई निर्विरोध निर्वाचित गरेको थियो ।

सांसद सुहाङ नेम्वाङले पनि संसदीय दलको नेतामा दाबी गरे पनि मनोनयन दर्ता गर्ने बेला समर्थक र प्रस्तावक नपाएपछि ‘बादल’ निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट