२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री शाह र मधेश प्रदेशका सांसदहरु बीच के भयो छलफल ?

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गरिने भएको छ ।

बुधबार सिंहदरबारमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रदेशको ह्वाट्सएप गु्रपमार्फत सांसदहरुले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरुले सहज रुपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद मनिष झाले जानकारी दिए ।

छलफलका क्रममा मधेश प्रदेशबाट निर्वाचित सांसदहरुले आफ्नो क्षेत्रको तत्कालिन र दिर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।

सांसद झाले आफुले रेडक्रसका समितिहरु भ्रष्टाचारको अखडा बनेकाले सवै समिति बिघटन गर्दै छानविनको दायरामा ल्याउन आफुले आग्रह गरेको जानकारी दिए ।

त्यसैगरि सांसदहरुले मधेश प्रदेशमा सेवा प्रवाहरुलाई नागरिकमैत्री बनाउन समेत आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरुसंग प्रदेश–प्रदेश समूह बनाएर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट