काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा सवा २ बजे बैठक सुरु भएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद् अजुननरसिंह केसीले बैठक सञ्चालन गरिरहेका छन् ।
आजको बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ । आजको बैठकमा सभामुख पदको निर्वाचनको मिति पनि तोकिनेछ ।
साथै गृहमन्त्री सुधन गुरूङले तीन वटा अध्यादेश पेस गर्ने तयारी छ ।
लाईभ :
https://youtu.be/Wl846f8wn2s
प्रतिक्रिया दिनुहोस