२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ओली–लेखकलाई तत्काल छाड्न एमालेको माग

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका सांसद गुरु बरालले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरिएको बताएका छन् ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद बराललाई बोल्न समय दिएपछि सो क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ओली र लेखकलाई तुरुन्त रिहा गर्न पनि माग गरे । उनले गौरिबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ बारे बोलेको तर २४ गतेको कुनै कुरा नउठाएको भन्दै अहिले सरकारले समिति बनाएर छानबिन गर्ने कुराप्रति पनि प्रश्न उठाए ।

उनले काठमाडौंसहित देशभर ओली र लेखक पक्राउको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा पनि सरकारले दमन गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट