काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले जेनजी बिद्रोहले उठाएका मुद्दालाई निष्कर्षमा पुर्याउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै आङ्देम्बेले मुलुकको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको भन्दै अहिले जेनजी बिद्रोहले उठाएका मुद्दालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका हुन् । उनले बिशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरुपको रुपान्तरणमा प्रवेश गरेको धारणा राखे ।
आगामी दिनमा आफुभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र ब्यवहारलाई देशमा भएको परिवर्तन अनुरुप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको उनले बताए । त्यस्तै उनले सरकारले बनाएको जाँचबुझ आयोगले भाद्र २३ गतेको घटना देख्ने र २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्नु गलत भएको धारणा राखे । उनले सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर दोषिलाई कारवाही हुनुपर्ने र निर्दोष कोहि फस्न नहुने तर्क गरे ।
उनले जेनजी बिद्रोह जस्तै बिद्रोह र बिस्फोट भविस्यमा हुन नदिन साँच्चै नयाँ र दुरदर्शि ढंगले सोच्न र काम गर्न जरुरी रहेको बताए । देशका लागि राम्रो गर्न सरकारलाई प्रष्ट साथ रहने भन्दै उनले संविधान विपरीत र नागरिकको अपेक्षाविपरित कार्य भए खवरदारी गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस