काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न माग गरेका छन् ।
बिहिबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
उनले देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नपर्ने बताए ।
साथै, उनले सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्ने पनि जनताको माग रहेको बताए । उनले प्रत्यक्ष कार्यकारी चुन्नेतर्फ सरकारको नीति कार्यक्रम अघि सार्नुपर्ने बताए ।
उनले जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने तथा भदौ २४ मा सर्वोच्च र संसद् भवन जलाउनेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे ।
सम्पत्ति छानबिनको विषय अहिलेका सांसद तथा मन्त्रीहरूबाटै सुरूआत गर्नुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस