२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रहरी जवान भर्ना संख्या बढ्यो, अब २,९२८ पदमा भर्ती हुने

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ ।

गत २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा उल्लेखित संख्यामा थप १,३७५ पद समावेश गरिएपछि अब कुल २,९२८ जनाको भर्ना लिइने भएको छ । यसअघि १,५५३ जनाको मात्र माग गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले जारी गरेको सूचनाअनुसार विज्ञापन प्रक्रिया अघि बढेपछि थप रिक्त हुन आएका पदहरू पनि सोही विज्ञापनमा समेटिएको हो । यससँगै भर्ना संख्या झण्डै दोब्बर पुगेको छ ।

नयाँ व्यवस्थाअनुसार कुल २,९२८ पदमध्ये खुलातर्फ १,५७८ जनाको भर्ना गरिनेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट