२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

औषधिको समुचित प्रयोगमा जोड दिदै मोरङमा अभिमुखीकरण तालिम सम्पन्न

आइतवार , बैशाख ६, २०८३

विराटनगर । नयाँ वर्ष २०८३ को अवसर पारेर औषधिको समुचित प्रयोग, सुरक्षित भण्डारण तथा बिक्री–वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले मोरङमा एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा औषधि व्यवसायीहरूलाई जिम्मेवार, सचेत र व्यावसायिक आचारसंहिताप्रति प्रतिबद्ध बनाउनेमा जोड दिइएको छ ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग, कोशी प्रदेशकी निमित्त प्रमुख सचिता बर्माले औषधिको गुणस्तर, सुरक्षित प्रयोग र नियमनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन् । “औषधिको दुरुपयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले यसमा कुनै पनि लापरबाही सह्य हुदैन,” उनले भनिन् । उनले ब्यावसायी सघं मोरङ शाखाले आयोजना गरेको अभिमुखिकरण तालिम आजको आवश्यकता भएको बताउदै संघं मोरड शाखाको कार्यशैलिको खुलेर प्रशंशा गरिन् ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशुबन्धु ढकालले औषधि व्यापार केवल व्यवसाय मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायीहरू अझ जिम्मेवार हुनुपर्ने बताए । “औषधि बेच्नु मात्र होइन, उपभोक्तालाई सही जानकारी दिनु पनि हाम्रो दायित्व हो,” उनले उल्लेख गरे ।

त्यसैगरी, नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धन बहादुर काफ्लेले बिना प्रिस्क्रिप्सन औषधि बिक्री, औषधिको दुरुपयोग र भण्डारणमा देखिएका कमजोरीहरू चुनौतीका रूपमा देखिएको बताए । उनले यस्ता समस्यालाई नियन्त्रण गर्न व्यवसायीहरू स्वयं सचेत हुनुपर्नेमा जोड दिए ।

उक्त अभिमुखीकरण तालिममा औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत दिपेन्द्र खड्काले औषधिको उचित प्रयोग, भण्डारण तथा बिक्री–वितरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले औषधिको गुणस्तर कायम राख्न तापक्रम व्यवस्थापन, म्याद सकिएका औषधिको उचित व्यवस्थापन तथा बिक्रीका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले औषधि पसलहरूको नियमित अनुगमन तथा नियमनमा कडाइ आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा औषधि व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट