२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । 

भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।  भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जसमा  व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ । 

भारत प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागको भ्रमणमा मुलुकको हितका बिषयमा छलफल हुने जानकारी दिए । नयाँ सरकारको प्राथमिकताका बिषयमा पनि भारतसँग छलफल हुने उनले बताए । 

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट