२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विदेश पठाउछु भन्दै ठगी गर्ने चार जना पक्राउ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सहज रोजगारीको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले जापान, माल्टा र सर्विया पठाइदिने आश्वासन दिएर पीडितहरूबाट करिब ४५ लाख ६० हजार रुपैयाँ लिएर फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ठगीसम्बन्धी उजुरीका आधारमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका–३१ बस्ने काभ्रेको पनौती नगरपालिका–२ घर भएका ३५ वर्षीयअस्कर हुमागाई, काठमाडौं महानगरपालिका–३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पवित्रजंग बुढाथोकी र  काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ बस्ने दोलखा घर भएकी ४१ वर्षीया बेलु माया तामाङ रहेका छन् । 

प्रहरीका अनुसार अस्कर हुमागाई र उक्त किशोरले जापान पठाइदिने भन्दै २५ जना पीडितबाट ४० लाख ३० हजार रुपैयाँ संकलन गरेका थिए । त्यसैगरी पवित्रजंग बुढाथोकीले माल्टा पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ३० हजार रुपैयाँ र  बेलु माया तामाङले सर्विया पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ लिएको पीडितहरुले प्रहरीलाई जानकारी दिएका छन् ।

पीडितहरुबाट रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले काठमाडौको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट