२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् ।

उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको स्रोतले जनाएको छ ।

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आएको बताइएको छ । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्ने र केही मन्त्रीहरूसँग पनि छलफल गर्ने तयारी छ ।

कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने र उनी बुधबार फर्किने बताइएको छ । उनी बालेन नेतृत्वको सरकार बनेपछि नेपाल आउने सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ मानिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट