२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी उपलव्ध गराउन विद्यमान कानून परिमार्जन गर्ने तयारी

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी उपलव्ध गराउन विद्यमान कानून परिमार्जन गर्ने तयारी गरिएको छ ।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरुसँग प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी दिने बिषयमा वर्तमान कानूनी व्यवस्थाका बारेमा छलफल गरेका हुन् । सांसदहरुले कुटनीतिक राहदानीको माग गरेपनि कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खश्बु ओलीले बताइन् ।

ऐन र नियम कानुनभन्दा माथि बाहिर गएर भन्दा पनि विद्यमान कानूनी व्यवस्थालाई नै परिमार्जित गर्ने बिषयमा छलफल भएको उनले जानकारी दिइन् । राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कुटनीतिक राहदानी पाउने व्यवस्था छ ।

तर सांसदहरु विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार कुटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे रायसल्लाह लिने काम भएको उनको भनाइ छ ।

उनले सभामुख र दलका प्रतिनिधिबीच भएको छलफला बारेमा आ–आफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसँग छलफल गर्ने सहमति भएको धारणा राखिन् । राप्रपा प्रमुख सचेतक ओलीले संसद सञ्चालन र सांसदहरुको समस्याका बारेमा सभामुखले निकै सकारात्मक भूमिका खेलिरहेको प्रतिक्रिया समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट