२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने – स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको हुँ

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आज प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन् । गुरूङले मन्त्री भएको एक महिना नबित्दै राजीनामा दिएका हुन् ।

सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले बताएका छन् ।

उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । उनले पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

For my country and For the respect of our security forces and For the youths of Nepal.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट