काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले एक अनलाइन माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उम्त फेक न्यूज भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले उक्त सामग्री अविश्वसनीय स्रोतमा आधारित र अपरिपक्व रिपोर्टिङ भएको बताएका छन् ।
उनले प्रकाशित समाचारका विषयमा स्पष्ट पार्दै रातो पासपोर्टसम्बन्धी समाचार पूर्णतः गलत भएको ठहर गरेका छन् । उनले आफूले साधारण पासपोर्टमार्फत भिसा आवेदन गरी सभामुखसँग बिदा माग्न गएको उल्लेख गरेका छन् ।
त्यस्तै, दक्षिण कोरिया भ्रमणका क्रममा सतिशलाल आचार्यसँग भेट भएको भन्ने दाबीलाई पनि उनले अस्वीकार गरेका छन् । मन्त्रीको हैसियतमा ११औँ ग्लोबल लिडरसिप फोरममा सहभागी हुन गएको बेला यस्तो कुनै भेट नभएको उनले स्पष्ट पारेका छन् ।
साथै, उनले यस्ता झुटा समाचारप्रति सचेत रहन आम नागरिकलाई आग्रह गरेका छन् । उनले कोही पनि भ्रममा नपर्न र सत्य ढिलोचाँडो बाहिर आउने भन्दै विश्वस्त पारेका छन् । उनले चुप रहनु, सुन्नु र सहनु भनेको स्विकार्नु नभएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस