२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रचण्डले भनेः निर्वाचन परिणाम अस्वाभाविक र रहस्यमय छ

बिहिवार , बैशाख १७, २०८३

रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई अस्वाभाविक र रहस्यमय भएको टिप्पणी गरेका छन्।

मुसिकोटमा पत्रकारसँग कुरा गर्दै उनले केही स्थानमा मतसम्बन्धी तथ्याङ्क असामान्य देखिएको दाबी गर्दै निर्वाचन प्रक्रियामाथि गम्भीर अध्ययन आवश्यक रहेको बताए । यद्यपि उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त मत परिणामलाई भने स्वीकार गरेको उल्लेख गरे ।

प्रचण्डले वर्तमान सरकारका केही निर्णयप्रति पनि असन्तुष्टि जनाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविरुद्ध हुन सक्ने चेतावनी दिए । साथै उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको बताउँदै सबै तहमा निर्वाचनमार्फत नेतृत्व चयन र युवा सहभागिता बढाउने प्रस्ताव अघि सारे ।

उनका अनुसार अब पार्टी संरचनामा ५० प्रतिशत युवा तथा नवयुवा प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको छ । उनले संविधान र गणतन्त्रको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट