२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

न्यायालय भय, त्रास र प्रभावबाट मुक्त हुनुपर्छ : महेश बर्तौला

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले न्यायालयले भय, त्रास, आश र प्रभावबाट मुक्त भएर समयमै न्याय सम्पादन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्यायालयले अदम्य साहसका साथ लोकतन्त्र, संविधान र विधिको शासनको रक्षा गर्नुपर्ने उल्लेख गरेका छन् । उनले विगतमा न्यायालयले समयमै संवैधानिक जिम्मेवारी निर्वाह गर्न नसक्दा देशले गम्भीर संवैधानिक विचलन भोग्नुपरेको टिप्पणी गरेका छन् ।

बर्तौलाले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट समयमै टुंगोमा नपुग्नु केवल प्रक्रियागत ढिलाइ मात्र नभई लोकतन्त्र र संविधानमाथिको आक्रमणप्रति न्यायालयको कमजोर उपस्थितिको संकेत भएको बताएका छन् । 

उनले त्यसको परिणामस्वरूप अहिले कार्यपालिकाले दुईतिहाइ शक्तिको आडमा संवैधानिक परिषद्मार्फत न्यायपालिकामाथि नियन्त्रणमुखी निर्णय लाद्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश सिफारिसका क्रममा वरिष्ठताको स्थापित विधि, परम्परा र न्यायिक मर्यादा बेवास्ता गरिएको उनको भनाइ छ ।

बर्तौलाले न्यायालयमाथिको वर्तमान अवस्था कुनै एक दिनको परिणाम नभई विगतका मौनता, ढिलासुस्ती तथा आफ्नै स्वतन्त्रता र गरिमा जोगाउन नसक्नुको प्रतिफल भएको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रमा न्यायालय केवल कानुनी विवाद टुंग्याउने संस्था मात्र नभई संविधान, विधिको शासन र जनविश्वासको अन्तिम संरक्षक भएको भन्दै न्याय सधैं निष्पक्ष, स्वतन्त्र र समयमै प्रवाह हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट