२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पहिलो राष्ट्रिय महाधिवेशनको तयारी मुख्य एजेण्डा

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा पार्टीको आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे विस्तृत छलफल हुने कार्यसूची रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । स्थापनाको छोटो समयमै संसद्मा चौथो ठूलो शक्ति बनेको रास्वपाले आगामी भदौ वा असोज महिनाभित्र पहिलो महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

बैठकमा महाधिवेशनको मिति तय गर्ने, विधान संशोधन, संगठन विस्तार र सदस्यता नवीकरण लगायतका विषयमा छलफल हुने बुझिएको छ । पार्टीले महाधिवेशनलाई लक्षित गरी देशभर सांगठनिक गतिविधि तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ