२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक बिहान १०ः३० बजेका लागि तय गरिएको हो । संसद्मा आजै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेकाले त्यसको पूर्वसन्ध्यामा बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।

बैठकमा सरकारको आगामी रणनीति, संसद्मा प्रस्तुत हुने प्रस्तावहरू र अन्य प्रशासनिक निर्णयहरूका बारेमा छलफल हुने बुझिएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि बस्न लागेको यो बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने स्रोतले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट