२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यातायात क्षेत्रलाई सरकारले सौतेले व्यवहार गर्‍यो : मजदुर नेता भीमज्वाला

शुक्रवार , जेठ १, २०८३

काठमाडाैं । सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको यातायात मजदुर नेता भीमज्वाला राईले बताएका छन् । मन्त्रालय हेरफेर गरेर गठन गरिएको मन्त्रिपरिषद्मा यातायात क्षेत्र हटाइदिएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईले बालेन सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको बताएका हुन् ।
 
यातायात बिनाको मन्त्रिपरिषद् गठन गर्नु भनेको मुटु बिनाको मानव शरीरको परिकल्पना गर्नु जस्तै हो । जसरी मुटुले शरीरमा रक्तसञ्चारको काम गर्छ त्यसैगरी यातायात क्षेत्रले देशको समृद्धि र विकासमा रक्तसञ्चारको काम गरेको हुन्छ अध्यक्ष राईले विज्ञप्ती मार्फत भनेकाछन् ।  

बालेन सरकारले आफ्नो दीर्घ जीवन चाहान्छन् र जनसरोकारको विषयलाई सम्बोधन गर्ने साहस गर्छन् भने आफूले गरेको कमजोरीलाई तत्काल सच्याउँदै छुट्टै यातायात मन्त्रालय गठन गर्न राईले सुझाव दिएका छन् ।

बैशाख ३१ गते, प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेकामा यातायात क्षेत्र हटाएको थियो । 

बालेन सरकारको यो गल्तिले यातायात क्षेत्रमा निजी क्षेत्रको करिव १५ खर्ब लगानी, करिव १३ लाख यातायात श्रमिक र प्रत्येक दिन करिव ३० लाख जनताको सार्वजनिक यातायात सेवा उपयोगको अधिकारमाथिको अवमूल्यण रहेको राईले उल्लेख गरेका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीले शुक्रबार विज्ञप्ती जारी गर्दै सार्वजनिक यातायात सुधारमा बालेन सरकार उदासिन रहेको आरोप लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले, यातायात क्षेत्रको काममा भन्दा भौतिक पूर्वाधारका काममा केन्द्रित भएकै कारण नेपालको सार्वजनिक यातायात क्षेत्र सुधार हुन नसकेको पनि राईले उल्लेख गरेका छन् ।

लगानीको संरक्षण, सम्बर्धन, श्रमिकहरुको काम र जीवनको सुरक्षा र जनताको सेवा अधिकारका लागि सरकारले छुट्टै यातायात मन्त्रालय बनाउनु जरुरी रहेको राईले बताएका छन् । सुशासन र विकासको नारा दिएर बनेको सरकारले अत्यावश्यक यातायात मन्त्रालय नै छुटाउनुले सरकार आफ्नै नारा र विचारबाट विचलित भएको राईको आरोप छ ।

इतिहासमा कहिले श्रम मन्त्रालयसंग, कहिले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जोडेर राखिएको यातायात क्षेत्रलाई अरु कुनै मन्त्रालयसंग समायोजन नगरी छुट्टै यातायात मन्त्रालय गठन नभए यसको प्रतिवादमा देशभरका यातायात मजदुर व्यवसायीहरु आन्दोलित हुने समेत राईले चेतावनी दिएका छन् ।

WhatsApp Image 2026-05-15 at 7.00.03 PM.jpeg

WhatsApp Image 2026-05-15 at 7.00.04 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट