२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मदन–आश्रितको विचारले परिवर्तनको यात्रामा अघि बढ्न प्रेरित गरिरहेको छ : ओली

आइतवार , जेठ ३, २०८३

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको विचारले विचलित नभई जनताको पक्षमा उभिन तथा परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् । मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

३३ वर्षअघि चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा दुई नेताको निधन भएको स्मरण गर्दै ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गरे । यस्तै, उनले जीवराज आश्रितलाई एक कुशल संगठकका रूपमा स्मरण गरे ।

मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ (जबज) का अगुवा तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने नेताका रूपमा चर्चा गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ । जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ ।’

अध्यक्ष ओलीले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियान मदन भण्डारीद्वारा प्रतिपादित जबजकै मार्गदर्शनमा अघि बढाइएको दाबी गरे । पछिल्लो दशकमा उक्त अभियानले नेपालको मानवीय तथा भौतिक पूर्वाधार विकासमा सकारात्मक परिवर्तन ल्याउन थालेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट