२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जगदीश खरेलबारेको राजधानी दैनिकले छापेको समाचार तथ्यहिन र झुट रहेको काउन्सिलको अनुगमनबाट पुष्टि

सोमवार , जेठ ४, २०८३

काठमाडौं । रास्वपा सांसद तथा पूर्वमन्त्री जगदीश खरेलबारेको राजधानी दैनिकले छापेको समाचार  तथ्यहिन, आधारहिन  र झुट रहेको प्रेस काउन्सिल नेपालको अनुगमनबाट पुष्टि भएको छ । 

यसअघि स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा खरेललाई जोडेर समाचारहरु आएका थिए । 

काउन्सिलको पत्रमा भनिएको छ, ‘सञ्चार माध्यमबाट सम्प्रषित सामग्रीको अनुगमन गर्दा तथ्यगत पुष्टि हुने आधार–प्रमाण एवं परिक्षणवेगर सम्बन्धित पक्षको भनाईवेगर सामग्री सम्प्रेषण भएको अनुगमनबाट देखिएको छ ।’

साथै, यसबारे सांसद खरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘राजधानी दैनिकलाई प्रेस काउन्सिल नेपालको कडा चेतावनी । जगदीश खरेलबारेको समाचार  तथ्यहिन, आधारहिन  र झुट रहेको काउन्सिलको अनुगमनबाट पुष्टि । अब कारबाहीको पर्खाइ...।’ 

WhatsApp Image 2026-05-18 at 6.33.44 PM (1).jpeg

WhatsApp Image 2026-05-18 at 6.33.44 PM.jpeg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट