२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदको दुवै सदनको बैठक आज बस्दैः प्रि–बजेट छलफल सकिने, अर्थमन्त्री वाग्लेले जवाफ दिने

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्दैछ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने समय नजिकिँदै गर्दा संसदमा जारी बजेट पूर्वको छलफल (प्रि–बजेट छलफल) लाई आजै टुङ्ग्याउने तयारी गरिएको छ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल (प्रिबजेट छलफल) आज पनि जारी रहनेछ। छलफल सकिएलगत्तै उक्त बहसका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची तय गरिएको छ।

यसका साथै, प्रतिनिधि सभा बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा पनि प्रतिनिधि सभाकै समान कार्यसूची अनुरूप प्रि-बजेट छलफल र अर्थमन्त्रीको जवाफको कार्यक्रम राखिएको छ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार संसदमा प्रि-बजेट छलफल सम्पन्न भएसँगै सरकार बजेट प्रस्तुत गर्ने अन्तिम तयारीमा जुट्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ