२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसन सार्वजनिक

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मित्र मोबाइल एप्लिकेसनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री खनालले लाखौं नेपालीहरू देश बाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्वपूर्ण भएको बताए । उनले कन्सुलर सेवाहरूलाई अझ पहुँचयोग्य र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । 

आपत्तकालिन अवस्थामा रहेका नेपालीको उद्दार र त्यसको जानकारी सम्बन्धीत व्यक्तिका परिवारलाई दिने, विदेशमा रहेका अन्य नेपाली नागरिकको समस्या पहिचान गरि समाधान गर्ने लगाएतका काममा सहजता प्रदान गर्न मित्र मोबाइल एप्लिकेसन प्रभावकारी हुने उनले बताए । 

मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकका परिवारले एपमार्फत नै आफ्ना चिन्ता र गुनासोहरू अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । समस्यामा परेकाहरुको प्रभावकारी समाधानको लागि सम्बन्धित नेपाली नियोगहरूसँग प्रत्यक्ष सम्पर्क गराइने समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ