२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

बुधवार , जेठ १३, २०८३

काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

राष्ट्रिय जेनजी नागरिक अभियानले तत्काल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले जनताको अधिकार भन्दा ठूलो कुनै सत्ता र शक्ति हुँदैन, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवअधिकार आयोग हराएको देश लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले १० महिना हुँदा पनि आयोगको प्रतिवेदन सार्वजनिक नभएका कारण विरोध गर्नु परेको बताए । 

उनले देशको मानवअधिकार सुनिश्चित गर्ने आयोगले आफ्नै प्रतिवेदन सार्वजनिक गर्न नसक्नु दुःखद भएको धारणा राखे । 

साथै युवाहरुले जेनजी आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक मार्फत दोषिलाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ