२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो सगरमाथा दिवस

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा बिभिन्न कार्यक्रमको आयोजना गरी सगरमाथा दिवस मनाइएको छ । 

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् ।

दिवसका अवसरमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ पग्लिँदै जाँदा हिमताल नै जोखिम पर्न गई तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको बताए । उनले  हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै समुदायकै दायित्व भएकोे धारणा राखे । 

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ । कार्यक्रममा कार्यक्रममा विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने आरोहीलाई सम्मान गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ