काठमाडौं / नेकपा एमालेका नेता गोकुल बास्कोटाले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
बास्कोटाले परराष्ट्रमन्त्री खनालको भ्रमणलाई ‘ एकातिर ऐनासामु उभिएको कठोर र शब्दहीन मुस्कान ’ जस्तो देखिएको भन्दै भ्रमणले अपेक्षित कूटनीतिक सन्देश दिन नसकेको संकेत गरेका छन् ।
उनले अर्को पक्षबाट पनि भ्रमण ‘मौन परीक्षणमै सीमित हुने’ आकलन व्यक्त गर्दै सरकारी दूतको भेट अस्वीकार भएको प्रसंग, बेलायती निम्तो तथा ‘एक चीन नीति’ को पुनः उच्चारणसँगै सार्वजनिक भएका केही दृश्यहरूले थप जटिलता सिर्जना गरेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस