काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो ।
रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन हुँदैछ । महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस