२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

पाँचथरकी बालविकास सहजकर्ता विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा भ्रष्टाचार मुद्दा

बुधवार , आषाढ ३, २०८३

काठमाडौं/ पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत बालविकास सहजकर्ता बिना कुमारी राईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा सुविधा लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसी तहका लब्धाङ्क पत्र (मार्कसिट) तथा चरित्र प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) झुट्टा तथा नक्कली रूपमा तयार गरी पेश गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

aaaa.jpg

आयोगका अनुसार अनुसन्धानका क्रममा राईले पेश गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली रहेको पुष्टि भएको छ । ती प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवक पदमा नियुक्ति पाई सरकारी सेवा तथा सुविधा समेत उपभोग गरेको तथ्य फेला परेको आयोगले जनाएको छ । 

 

आयोगका अनुसार अनुसन्धानका क्रममा राईले पेश गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली रहेको पुष्टि भएको छ ।

 

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही ऐनअनुसार कैद तथा जरिवानाको मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पद प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने कार्य कानुनविपरीत रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट