सुर्खेत / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सुर्खेतका मदन खड्का पुनः प्रदेश सभापतिमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतदानमा खड्काले २८८ मत प्राप्त गर्दै विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत तथा नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे ।
खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा रहेका थिए । पार्टीभित्र देखिएको आन्तरिक विवाद र संगठनात्मक चुनौतीका बीच सम्पन्न अधिवेशनबाट उनी पुनः नेतृत्वमा चयन भएका हुन् ।
अधिवेशनमा ५३० प्रतिनिधि सहभागी भएकामा ४०० जनाले मतदानमा भाग लिएका थिए । आइतबारदेखि सुरु भएको अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिएको थियो । तर सहमति जुट्न नसकेपछि मंगलबार मतदानमार्फत नेतृत्व चयन गरिएको रास्वपाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस