काठमाडौं / साविक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ अन्तर्गत अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा जारी खेलमा कप्तान ीष्यलभ िःभककष् को उत्कृष्ट गोलमा अर्जेन्टिना १–० ले अघि बढेको हो।
मेस्सीले खेलको १७औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत गर्दै टोलीलाई सुरुआती बढत दिलाए। विश्वकप इतिहासमा उनको यो १४औँ गोल हो।
खेलको सुरुआती समयदेखि नै बल नियन्त्रणमा राख्दै दबाब सिर्जना गरेको अर्जेन्टिनाले मेस्सीको गोलसँगै आफ्नो लय कायम राखेको छ। अल्जेरियाले भने बराबरी गोल फर्काउने प्रयास गरिरहेको छ।
समूह चरणअन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अर्जेन्टिना विजयी सुरुआतको लक्ष्यमा रहेको छ भने अल्जेरिया साविक च्याम्पियनविरुद्ध सकारात्मक नतिजाको खोजीमा छ।
प्रतिक्रिया दिनुहोस