२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

मेस्सीको डबल प्रहार, अल्जेरियाविरुद्ध अर्जेन्टिना ३ गोलको अग्रता

बुधवार , आषाढ ३, २०८३

 काठमाडौं  / साविक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ अन्तर्गत अल्जेरियाविरुद्ध आफ्नो पकड थप मजबुत बनाएको छ । कप्तान लियोनल मेस्सी को दोस्रो गोलसँगै अर्जेन्टिनाले खेलमा ३ –० को अग्रता बनाएको हो।
३ गोलको अग्रता सँगै पहिलो खेलमा मेस्सीले ह्याट्रिक गरेका छन् ।

अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा जारी खेलको ६०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे। एलेक्सिस म्याक एलिस्टरको प्रहार अल्जेरियाली गोलरक्षकले रोक्ने प्रयास गरे पनि बल रिबाउन्ड भएपछि मेस्सीले त्यसलाई सहजै जाली चुमाएका थिए।

यसअघि खेलको १७औँ मिनेटमा पनि मेस्सीले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

दुई गोलसँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या १५ पुगेको छ। कप्तानको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना समूह चरणको पहिलो खेलमै प्रभावशाली जिततर्फ उन्मुख देखिएको छ।

अर्जेन्टिनाले सुरुदेखि नै खेलमा दबाब कायम राखेको छ भने अल्जेरियाले रक्षात्मक चुनौती झेलिरहेको छ। मेस्सीको डबल प्रहारले साविक च्याम्पियनको आत्मविश्वास थप उकासिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट