२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

सुनको मूल्य तोलामा एक हजार २०० ले घट्यो, चाँदीको मूल्य कति ?

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८०  कायम भएको छ । 

हिजो मङ्गलबार एक तोला सुनको मोल रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।
 
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट