२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

‘मितव्ययिता र सुशासन’को नाराविपरीत सरकार अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

बुधवार , आषाढ १०, २०८३

काठमाडौं  / नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि निर्वाचनका बेला गरेको ‘मितव्ययिता र सुशासन’को प्रतिबद्धताविपरीत काम गरिरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले चुनावका बेला राज्यकोषको दोहन रोक्ने, सरकारी निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका दलहरू सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको ठूलो समूह खडा गर्न लागेको बताएका छन्।

उनले राज्य संयन्त्रमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्ने उद्देश्यले विभिन्न मन्त्रालयमा कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति बढेको दाबी गर्दै यसले सुशासन र मितव्ययिताको मूल्यमान्यतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।

पोखरेलले परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गरेका मतदाताहरू अहिले निराश भएको हुन सक्ने टिप्पणी गरेका छन्। जनताको भरोसामाथि गरिएको यो व्यवहारलाई उनले ‘भद्दा मजाक’ को संज्ञा दिएका छन्।

सरकारलाई चुनावी प्रतिबद्धताप्रति फर्किन आग्रह गर्दै पोखरेलले स्वेच्छाचारी शैलीका गतिविधिबाट जनता निराश नबनाउन चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट